गोरखाको केरौंजा–९ दोभानमा पहिरो जाँदा एक विदेशीसहित ४ को मृत्यु
घाइते हुनेमा ४ विदेशी, दुई नेपाली
प्रकाशित मिति : २०७३ असोज ६ बिहिबार

काठमाडौं । गोरखाको केरौंजा–९ दोभानमा पहिरो जाँदा पदयात्रामा रहेका विदेशी सहित चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा काठमाडौं गोकर्णका ट्रेकिङ गाइड दोर्जे लामा, छिरी शेर्पा र ओखलढुङ्गाकी रन्जना बस्नेत छन् । पहिरोमा परी मृत्यु हुने स्पेनिश नागरिक हुन् । उनकाे नाम भने खुलेको छैन ।
बाटोमा हिँडिरहेका उनीहरु माथिबाट खसेको पहिरोले च्यापिएका हुन् । पहिरोमा च्यापिएर ६ जना घाइते भएका छन् । घाइते मध्ये चार विदेशी र २ नेपाली छन् । घाइते सबैलाई फिस्टेल एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।
वुधबार रातिदेखिको पानीका कारण उहिया–केरौंजा–९ दोभाननजिकको झोलुङ्गे पुल पारी पहिरो गएको हो । मनास्लुबाट खसेको पहिरोले विहान पदयात्रामा गएका पर्यटक र गाइड पुरिएका हुन् । पहिरो झर्ने क्रम अझै नरोकिएको प्रहरीले जनाएको छ ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">