लिबाङ (रोल्पा) । ललित साहित्य परिाषद् रोल्पाको आयोजनामा एक समारोहका वीच युवा गजलकार राम भावुकको ‘अक्षरका फूल’ गजलसंग्रह बुधबार लिबाङमा सार्वजनिक गरिएको छ । नेपाली लेखक संघका केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि साहित्यकार दामु मर्सिफुलले ‘अक्षरका फूल’ नामक गजलसंग्रहको लोकार्पण गरेका थिए भने साहित्यकार नारायण रेग्मी जिज्ञासुले गजल संग्रहको समीक्षा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मर्सिफुलले निरन्तर साधनारत रहेमा अवश्यपनि सफलता हात पार्ने बताउदै अबको साहित्य लेखनले समाज परिवर्तन गर्नुपर्नेमा जोड दिए । गरिवीको कारण कृति प्रकाशन गर्न अत्यन्त कठिन हुने बताउने गजलकार भावुक २०५४ साल वैशाख १ गते मिरुल २ रोल्पाको काफलडाँडामा जन्मिएका हुन् । उनको ६० पृष्ठको ‘अक्षरका फूल’ गजलसंग्रहभित्र ४० वटा गजलहरु समावेश गरिएका छन् ।
गजलकारको यसअघि २०७२ सालमा अमर साइनो संयुक्त गजलसंग्रह, प्रकाशित भइसकेको छ ।
विमोचन कार्यक्रममा राप्ती साहित्य परिषद्, रोल्पाका अध्यक्ष गोकर्ण पुन, पत्रकार एवं कवि खेम बुढामगर, नेपाल पत्रकार महासंघ, रोल्पाका सचिव ईश्वरी जी.एम., गजलकार राम भावुक लगायतले शुभकामना मन्तब्य राखेका थिए।