arrow

विश्व बैंकका कन्ट्री डाइरेक्टरले प्रधानमन्त्रीलाई भेटे

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
dahal-news-aajj.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो फ्यानबीच भेटवार्ता भएको छ ।
 
विहिबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक विकासमा विश्व बैंकले गरेको सहयोगका लागि धन्यवाद दिए । भेटमा प्रधानमन्त्रीले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पुनःनिर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल ईच्छुक रहेको बताए । 
 
प्रधानमन्त्रीले भने, ‘विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं । नेपालको नुनर्निर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकको थप सहयोग र साझेदारीका लागि नेपाल ईच्छुक रहेको छ ।’
 
प्रधानमन्त्रीले भूकम्पको पूनर्निर्माण सम्बन्धि विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल बनाउन पनि फ्यानसँग आग्रह गरे । 
 
भेटमा डाइरेक्टर फ्यानले नेपालको उर्जा, जलविद्युत्, ट्रान्समिसन लाइन, सेलार लगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिँदै विश्व बैंकको अलावा आइडिए र आईएससीको नेपाललाई सहयोग रहने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ