arrow

मापसेको झ्वाँकमा दाउराको चिर्पटले हानेर बाबु मारेको आरोपमा प्रकाश पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

रौतहट । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ