arrow

मदिराको नशामा बाबुछोराबीच विवाद, छोराको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
lamjung-district.png

लमजुङ । लमजुङमा एक युवकको हत्या भएको छ । शुक्रबार साँझ मर्स्याङ्दी गाउँपालिका-२ मा सो घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु-छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । साेही क्रममा विवाद हुँदा घटना भएकाे प्रहरीकाे भनाइ छ ।

बाबुछोरा बीचमा विवाद बढेपछि बाबुले छोरामाथि हसिँया प्रहार गरेका थिए । हसिँया प्रहारबाट छोरा २७ वर्षीय सोमबहादुर तामाङ गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारार्थ जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवन लैजाने तयारी गर्दागर्दै उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छोराको हत्या गर्ने बुबा ५७ वर्षीय सन्तबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ