arrow

पालुङटारमा २८ वर्षीया युवतीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
panchthar-group-murder-arubote.jpg
फाइल तस्बिर

गोरखा । गोरखामा एक युवतीको हत्या भएको छ ।

पालुङटार नगरपालिका वडा नं ७ की २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा कुमाल गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा बिहीबार बिहान दमौली अस्पतालमा मृत्यु भएको हो । 

प्रहरीका अनुसार उनका श्रीमान् विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ