arrow

माओवादी महावीर समूहबाट संकलित चन्दा हिनामिनाको आरोपमा सहकर्मीको हत्या

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
killer-81-7-9.jpg

कपिलवस्तु । चन्दा संकलनको रकम हिनामिना गरेको आरोपमा एक समूहले आफ्नै सहकर्मीको हत्या गरेको अनुसन्धानबाट  खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्धारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।
 
नेकपा माओवादीको महावीर समूहमा आबद्ध  कपिलवस्तुमा  संकलित चन्दा रकम हिनामिना गरी पार्टीलाई हिसाबकिताब नबुझाएको आरोपमा आफ्नै सहकर्मी दिनेश भन्ने जयप्रकाश यादवको हत्या गरेको खुलेको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार हत्या आरोपमा नेकपा माओवादी महावीर समूह कपिलवस्तुको जिल्ला सेक्रेटरी ४७ वर्षीय रमेश श्रेष्ठ र समूहका कपिलवस्तु जिल्लाको महिला विभाग प्रमुख ४६ वर्षीया मनकला थारूलाई पक्राउ गरिएको बताए ।

यादवको जिल्ला सेक्रेटरी श्रेष्ठको योजनामा हत्या गरिएको प्रहरी उपरीक्षक भट्टको भनाइ छ । यादव नेकपा माओवादी महावीर समूहको कपिलवस्तु इलाका नं १०  विजयनगर गाउँपालिका इलाका इन्चार्ज रहेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार मृतक यादवको शव बिजयनगर गाउँपालिका –२ खडैचा भैसीघाटस्थित चिरईखोलाको किनारामा कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा गत साता भेटिएको हो । 

पक्राउ परेका दुवै जनालाई कपिलवस्तु अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।  उनीहरुको साथमा चिठी पत्र पार्टीका दस्ताबेज जस्ता सामग्रीसमेत रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ