arrow

श्रीमती हत्या आरोपमा बोटे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
pakrau9.jpg

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं १ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् ४० वर्षीय पञ्चबहादुर बोटेलाई मंगलबार पक्राउ गरेको हो । 

सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई गोरखाको पालुङटार नगरपालिका-७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशङ्कामा प्रहरीले खोजतलास गरेको थियो ।

पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ । 

छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ