arrow

एमाले बैठक : अध्यक्ष ओलीले पेश गरेको आगामी कार्ययोजनमा समूहगत छलफल सुरु

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । प्रमुख विपक्षी एमालेको केन्द्रीय कमिटीको सातौँ बैठकमा विहिबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सुरु भएको छ । 
 
प्रतिवेदनमा छलफल गर्न विभिन्न नौ वटा समूह विभाजन भई समूहका नेता र उपनेता चयन भएका छन् । उनीहरुले २० मिनेटमा प्रस्तुति सक्नुपर्ने व्यवस्था गरिएको एमाले केन्द्रीय प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए । वुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 
 
अध्यक्ष ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरे । प्रतिवेदनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिने छन् ।  
 
यस्तै, केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटी, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, स्थायी समितिका निर्णयहरुको अनुमोदन, केन्द्रीय आयोगहरुका प्रतिवेदन जस्ता कार्यसूची तय भएका छन् । एमालेको विधानमा ६–६ महिनामा केन्द्रीय कमिटीको पूर्ण बैठक बस्ने प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ