arrow

राष्ट्रपतिबाट हाम्राकुरा सहकर्मी चम्लागाईंसहित ३३ पत्रकार पुरस्कृत

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
madhavdaispresident.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्राकुरा सहकर्मी माधवप्रसाद चम्लागाईंसहित ३३ पत्रकारलाई विभिन्न विधाको पुरस्कार प्रदान गरेकी छन् । 
 
प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा विहिबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले हाम्राकुरा सहकर्मी चम्लागाईंलाई 'प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ प्रदान गरिन् । 
 
सोही पुरस्कारबाट राष्ट्रिय समाचार समिति राससका कार्यकारी सम्पादक शीतल महतो र समाचारदाता सुशील दर्नाल पनि सम्मानित भए । यो पुरस्कार पत्रकार लक्ष्मीकुमारी चौधरी, रोशन साँवा,  र विष्णुलाल बूढालाई पनि प्रदान गरियो । पुरस्कारको राशि  १० हजार रहेको छ । 
 
त्यसैगरी, ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ राससका फोटो पत्रकार प्रदीपराज वन्त, पत्रकार विनोद शाही र शेखर अधिकारलाई प्रदान गरियो । 
 
त्यसैगरी, काउन्सिलले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्द आचार्यलाई र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पर्शु घिमिरेलाई प्रदान गरियो । दुवै पुरस्कारको राशि  एक लाख पाँच हजार रहेको छ । 
 
यस वर्षको ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता’ पुरस्कार पत्रकार रिषव गौतम, मोतीराम तिमल्सेना, प्रकाशकुमार खतिवडा र गणेश लम्सालले पाए । ‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार'बाट पत्रकार श्यामसुन्दर यादव, भुवन शर्मा, लेखनाथ न्यौपाने, हेमन्तकुमार पौडेल र उपेन्द्रराज केसी सम्मानित भए । 
 
त्यसैगरी “प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार पवन आचार्य, देवराज पन्त, राजेश झा अहिराज, महेश दास र ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार दुर्गा भण्डारी, मनिषा श्रेष्ठ र कविता थापालाई प्रदान गरियो । ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता’, ‘प्रेस काउन्सिल युवा सशक्तीकारण पत्रकारिता पुरस्कार’ र ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ को राशि १० हजार रहेको छ । 
 
‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ भने यो वर्ष पत्रकार गोपाल छाङ्छा राईलाई प्रदान गरिएको छ । ‘प्रेस काउन्सिल स्तम्भलेखन पत्रकारिता पुरस्कार’ पत्रकार दयाराम डाँगी, गोविन्द्रप्रसाद भट्टराई र कृष्णमुरारी भण्डारीले पाए । यी दुई विधाको पुरस्कारको राशि १५ हजार रहेको छ । 
 
‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकार विवश वस्ती र ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ बुटवल टुडे दैनिक, रुपन्देहीलाई प्रदान गरियो । पुरस्कारको राशि क्रमशः  १५ र २५ हजार रहेको छ । 
 
त्यसैगरी ‘काउन्सिल वर्ष कर्मचारी पुरस्कार’ काउन्सिलका कर्मचारी श्यामबाबु महर्जन र रामशरण बोहरालाई प्रदान गरिएको छ । पुरस्कारको राशि  १५ र २० हजार रहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ