arrow

किसानको बेथा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
tarkari-vegetable-road.jpg

चितवन । सरकारले किसानको बेथा नबुझेपछि अताल्लिएका छन् । उनीहरुले बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएको भन्दै सडकमै तरकारी फालेर विरोध जनाए । 

शुक्रबार भरतपुर महानगरपालिका ३ पुलचोकस्थित सडकमा तरकारी फालेर कृषकहरुले विरोध प्रदर्शन गरेका हुन् । किसानले मेहनत गरेर उत्पादन गरेको तरकारी बजारमा सही दाम पाउन सकेका छैनन् । 

सरकारले बिचौलियालाई प्रवेश नदिने बताए पनि बिचौलियाले नै नेता पालेका कारण बिचौलिया हट्नु भन्दा पनि झन् मजबुद भएको बताइन्छ । बिचौलियाका कारण न त कृषकले आफ्नो इमानको मूल्य पाएका छन् न त उपभोक्ताले सही दाममा किन्न पाएका छन् । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ