arrow

अक्सफोर्ड विश्वकै सर्वोत्कृष्ट विश्वविद्यालय

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
Oxford-univ.png
एजेन्सी । बेलायतको अक्सफोर्ड विश्वविद्यालय विश्वकै सर्वोत्कृष्ट विश्वविद्यालय भएको छ । टाइम्स हाइयर एजुकेशन ग्लोबल लिग तालिकामा क्यालिफोर्निया इन्टिच्युड अफ टेक्नोलोजीलाई पछि पार्दै अक्सफोर्ड पहिलो नम्बरमा परेको हो ।
 
योसँगै अक्सफोर्ड टाइम्स हाइयर एजुकेशन ग्लोबल लिग तालिकाको शीर्ष स्थानमा पर्ने पहिलो बेलायती विश्वविद्यालय समेत बनेको छ । अक्सफोर्ड विशेष गरि चार सूचकहरु अध्यापन, खोज, उल्लेख र अन्तर्राष्ट्रिय दर्शनका कारण सर्वोत्कृष्ट विश्वविद्यालय हुन सफल भएको टाइम्स हाइयर एजुकेशनले जनाएको छ । 
 
यस्तै बेलायतबाट क्यामब्रिज विश्वविद्यालय र लण्डन इम्पेरियल कलेजसँगै इटिएच जुरिच पनि शीर्ष १० मा परेका छन् । क्यामब्रिज विश्वविद्यालय चौथो, लण्डन इम्पेरियल कलेज आठौं र इटिएच नवौं स्थानमा परेका छन् ।
 
यद्यपि, शीर्ष १० भित्र अधिकांश अमेरिकी विश्वविद्यालयहरु परेका छन् । स्टानफोर्ड विश्वविद्यालय तेस्रो, मसाचुसेट्स इन्टिच्युड अफ टेक्नोलोजी पाँचौं, हावर्ड छैठौं, प्रिन्सटोन सातौं स्थानमा परेका छन् । क्यालिफोर्निया, बर्केली र सिकागो विश्वविद्यालय भने दशौं स्थानमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ