arrow

लामो विवादपछि धनकुटामा स्थानीय तहको संख्या टुंगो लाग्यो

३ नगरपालिका र ४ गाँउपालिका रहने

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
Dhnkuta-news-simankan.jpeg
धनकुटा । लामो विवादपछि धनकुटामा स्थानीय तहको संख्या टुंगो लागेको छ । दलहरुले सीमाङ्कन आयोगले जिल्लाको लागि प्रस्ताव गरेको स्थानीय तहको संख्याप्रति असन्तुष्टि जनाएसँगै प्राविधिक सहयोग समितिले आयोगमा खाका पेश गर्न नसकेकामा ढिलाे गरी खाका तयार भएकाे समितिका संयोजक एवं स्थानीय विकास अधिकारी गणेश प्रसाद दाहालले बताए ।
 
पाँचौ पटक बसेको छलफलमा राजनीतिक दलहरु ७ वटा स्थानीय तहको संख्या बनाउने कुरामा सहमत भएसँगै स्थानीय तहको संख्या टुंगिएको हो । योसँगै धनकुटामा ३ नगरपालिकासहित ४ गाउँपालिका रहने छ । आयोगले जिल्लालाई ५ वटा स्थानीय तह गठनका लागि सिलिङ दिएको थियो । 
 
जिल्लालाई आयोगले तोकेको स्थानीय तहको संख्यामा दलहरुले छलफल गर्न नचाँहदा चारपटक सम्म बसेको छलफल निश्कर्षविहीन भएको थियो । दलहरुले छुट्टै स्थानीय तहको खाका प्रस्ताव गर्ने भएपछि अब प्राविधिक समितिले आयोगमा दुईवटा खाका पठाउने तयारी गरेको संयोजक दाहाले बताए । उनले भने, ‘लामो विवादपछि सहमति जुटेको छ । अब दुईचार दिनभित्र खाका आयोगमा पेश गर्ने गरी काम गरिरहेका छौं ।’
 
जिल्लामा अब धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका र महालक्ष्मी नगरपालिका गरी तीनवटा नगरपालिका रहने छ । तीन नगरपालिका मध्ये महालक्ष्मी नगरपालिका नयाँ प्रस्तावित नगरपालिका हो । यस्तै प्रस्तावित चारवटा नगरपालिकामा छथर गाउँपालिका, चौबिसे गाउँपालिका, साँघुरीगढी गाउँपालिका र शहीदभूमिखाल्सा गाउँपालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ