arrow

रक्त सञ्चारमा खराबी देखिएका मन्त्री गिरीको स्वास्थ्यमा क्रमिक सुधार

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
deepak-giri-ministor.jpeg
काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएका सिँचाइमन्त्री दीपक गिरीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि मन्त्री गिरीलाई वुधबार राति नै नर्भिक इन्टरनेशनल हस्पिटल थापाथली लगिएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले जानकारी दिए । 
 
डा.यादव भट्ट नेतृत्वको टोलीले मन्त्री गिरीको उपचार गरिरहेको छ । चिकित्सकका अनुसार स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र मन्त्री गिरी दुई दिनपछि घर फर्कन सक्ने छन् । 
 
गिरीलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता नर्भिक हस्पिटल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ