arrow

पुटिनले जेलेन्स्कीको हत्या नगर्ने वाचा गरे: पूर्व इजरायली प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
russia-putin-israel-bennett-naftali.jpg

काठमाडौं। इजरायली पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफुसँग युक्रेनी समकक्षीलाई नमार्ने प्रतिवद्धता गरेको बताएका छन् ।

युक्रेनसँग रुसी युद्धको प्रारम्भिक दिनहरूमा बेनेट एक असम्भव मध्यस्थको रूपमा गत मार्चमा मास्कोको भ्रमण गर्दै पुटिनलाई भेट्ने केही मात्रै लिडरमध्ये एक बनेका थिए।

शनिबार बेनेटको युट्युब च्यानलमा पोस्ट गरिएको अन्तर्वार्तामा उनको मध्यस्थताको प्रयासले चलिरहेको रक्तपात अन्त्य गर्न थोरै काम गरेको उनले भनेको अल जजिराले उल्लेख गरेको छ।

करिब पाँच घन्टाको अन्तर्वार्तामा उनले पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई मार्ने मनसाय थियो कि भनेर सोधेको बताएका छन्।

'मैले सोध, यसबारे के हुन्छ? के तपाईं जेलेन्स्कीलाई मार्ने योजनामा ​​हुनुहुन्छ?' उनले भने 'म जेलेन्स्कीलाई मार्ने छैन।' त्यसपछि मैले उनलाई भने,'मैले बुझ्नुपर्छ कि तर्पांले जेलेन्स्कीलाई मार्नुहुन्न भन्ने वाचा गर्दै हुनुहुन्छ।' उनले भने,'म जेलेन्स्कीलाई मार्ने छैन।'

बेनेटले त्यसपछि पुटिनको प्रतिज्ञाको बारेमा जानकारी दिन जेलेन्स्कीलाई फोन गरेको बताएका छन्।

उनले भने,'सुन्नुहोस्, म बैठकबाट बाहिर आएको छुँ, उहाँले तपाईंलाई मार्ने छैनन्।' जेलेन्स्कीले सोधे, 'के तपाईं पक्का हुनुहुन्छ?’ मैले भने, 'शत प्रतिशत उहाँले तपाईंलाई मार्दैनन्।'

बेनेटले आफ्नो मध्यस्थताको क्रममा पुटिनले युक्रेनको निशस्त्रीकरण खोज्ने आफ्नो माग त्यागेको र जेलेन्स्कीले नेटोमा सामेल नहुने वाचा गरेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ