गठबन्धन कसरी टिकाउने त्यसको जिम्मेवारी प्रधानमन्त्रीको : ज्ञवाली
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
948
Shares
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन टिकाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकको भएको बताएका छन् । कठिन अवस्थामा नयाँ सङ्कल्पका साथ एमालेले प्रचण्डलाई सरकारको नेतृत्वमा ल्याएको भन्दै ज्ञवालीले त्यसको हेक्का प्रधानमन्त्रीले राख्नुपर्ने बताएका छन् ।
'सत्ता गठबन्धन कसरी टिकाउने, राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमतिअनुसार कार्यान्वयन कसरी गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो ।' ज्ञवालीले भने, 'कुन र कस्तो कठिन अवस्थामा नयाँ सङ्कल्पका साथ एमालेले प्रचण्डलाई सरकारको नेतृत्वमा ल्याएको थियो, त्यो पृष्ठभूमिलाई हेक्का राखेर परिपक्व नेतृत्व गर्नुस् त्यो मेरो सुझाव हो, इतिहासले पटक पटक अवसर दिँदैन ।'
उनले मन्त्रालयको आकार घटाउने, खर्च कटौती गर्ने, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतबाट जनतामा अहिलेको सरकारबाट आशा पलाइरहेको उल्लेख गरे । नेपाली सञ्चारमाध्यमबाट सम्प्रेषित कतिपय समाचारमा विश्वसनीयताको खडेरी लागेको भन्दै उनले कतिपय समाचार हेर्दा चाहिनेभन्दा बढी पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गरेको र दोहन गर्ने ढङ्गले आएकाले त्यस्ता कार्य रोकिनुपर्नेमा जोड दिए ।