arrow

मधेस समस्या समाधान गर्न सौराहा भेला

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
रत्ननगर (चितवन) । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसको समस्या समाधान गर्न सौराहामा हुन गइरहेको विशेष भेला फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।  सोमबार चितवनको रत्ननगरस्थित सौराहामा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै वरिष्ठ नेता नेपालले तराई केन्द्रित भेलाको मूल उद्देश्य पनि मधेसका समस्याको समीक्षा गरेर साझा धारणा तय गर्नु भएकाले आफू आशावादी भएको बताए । 

मधेस केन्द्रित दलले उठाएको विषयमा एमालेसहितका अन्य दलको साझा धारणा आइसकेको उल्लेख गर्दै नेता नेपालले समानुपातिक समावेशी सिद्धान्त र निर्वाचन क्षेत्र निर्धारणका विषयमा नेपाली काँग्रेसको सरकारको पालामा आएको संशोधन प्रस्ताव अगाडि बढाइने बताए । सीमाङ्कनमा राजनीतिक सहमतिका आधारमा अघि बढ्ने भन्ने धारणामा मधेसका आन्दोलनरत दलले सहमति जनाउनुपर्ने नेता नेपालको भनाइ थियो । 

तराई भेलाले के निष्कर्ष निकाल्छ त भन्ने पत्रकारको जिज्ञासामा नेता नेपालले तराईका समस्या समाधान गर्ने गरी भेला अघि बढ्ने र समस्या समाधानमा एकीकृत धारणा तय हुने विश्वास व्यक्त गरे । उनले जनताले भोग्नुपरेका कष्टलाई बुझेर आन्दोलन फिर्ता लिई दिन आन्दोलनरत पक्षलाई आग्रहसमेत गरे । उनी आइतबारदेखि चितवनमै छन् । 

अब केहीबेरमै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि सुरु हुने एमाले तराई भेलाको उद्घाटन गर्दैछन् । नेकपा (एमाले) केन्द्रीय कमिटीको आयोजना तथा जिल्लाको व्यवस्थापनमा उक्त भेला हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ