arrow

बोर्डोलोई ट्रफीको दोस्रो खेलमा थ्रीस्टारको भिडन्त ओयल इन्डियासंग हुँदै

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
three-star.jpeg
गुवाहाटी । भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफीको आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लवले शुक्रबार ओयल इन्डिया फुटबल क्लवसंग खेल्दैछ । 
 
पहिलो खेलमा नागाल्याण्डको बारक फुटबल क्लबविरुद्ध ६–१ प्रभावशाली जित निकालेको थ्रीस्टारले लिग चरणको दोस्रो खेलमा शुक्रबार साँझ ७ बजे गुवाहाटीको नेहरु स्टेडियममा ओयलसंग खेल्न लागेको हो । 
 
ओयल इन्डियाले लिग चरणको पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । 
 
पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टार सेमिफाइनल नजिक पुगेको छ । ओयल इन्डियाविरुद्धको खेलमा जित हासिल गरे थ्रीस्टार एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा पुग्नेछ ।
 
 थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी प्रतियोगितामा लगातार दोस्रो निकाल्दै सेमिफाईनल पुग्नेमा ढुक्क छन् ।  ‘ओयल इन्डियाको पहिलो खेल हेर्दा हामीले चिन्ता लिनुपर्ने अवस्था छैन् ।
 
खेलाडीले योजना अनुसार मेहनतका साथ खेले हामी सेमिफाईनल पुग्छौ ।’ उनले भने । थ्रीस्टारलाई चोट ग्रस्ट खेलाडीले सताएको छ । 
 
पहिलो खेलमा फरवार्डद्धय विमल घर्तिमगर र मार्टिनले चोट बोकेका थिए । यद्यपि दुवै खलाडीले बिहीबार सामुहिक अभ्यास गरे । 
 
मिडफिल्डर प्रकाश बुढाथोकी चोटका कारण ओयल इन्डियाविरुद्धको खेल गुमाउने पक्का छ । मुख्य प्रशिक्षक केसीले भने, ‘विमल र मार्टिनको चोट सामान्य देखिएको छ, शुक्रबार सम्म हेरेर थप निर्णय गरिनेछ ।’ 
 
क्लबको बेन्च बलियो भएकाले खेलाडीको चोटले शुक्रबारको खेलमा केही फरक नपार्ने केसीको भनाई छ । उनले भने ‘हामी समूह बिजेताको रुपमा सेमिफाईनल पुुग्ने प्रयास गर्नेछौ, थ्रीस्टारले आफ्नो स्वभाविक खेल पस्कनेछ, पहिलो खेलको लयलाई दोस्रो खेलमा पनि कायम राख्नेछ ।



नयाँ