arrow

विपीले सुरू गरेको साँस्कृतिक परिषद् फेरि ब्युताईयो

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
sanskrit-parishad.jpeg
काठमाडौ । तात्कालीन समयमा २००८ सालमा प्रजातान्त्रिक आन्दोलनका मुख्य योद्दा विशेश्वर प्रसाद कोइरालाले आफ्नै अध्यक्षतामा गठन गरेको नेपाल साँस्कृतिक परिषद् फेरि अस्तित्वमा आएको छ । शुक्रबार महेश प्रसाईंको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विधिवत् दर्ता भई परिषद्ले पुनर्जीविन पाएको हो ।
 
नेपाली संस्कृतिको विकास र प्राच्य पुरातन विषयको अनुसन्धान गर्ने उद्देश्य स्थापित भएको परिषद्को २००८ सालको कार्यसमितिको अध्यक्षमा कोइरालासहित,  बालकृष्ण सम–उपाध्यक्ष, केसरबहादुर खत्री क्षेत्री–कर्मव्यवस्थापक, यदुनाथ खनाल– सहायक कर्मव्यवस्थापक, केसरशमशेर जंगबहादुर राणा– कोषाध्यक्ष, ईश्वर बराल– परिषद्–पत्रिका–सम्पादक तथा क्रमशः हेमराज शर्मा, बाबुराम आचार्य, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, धर्मादित्य धर्माचार्य, चित्तरञ्जन ‘हृदय’, सिद्धिचरण श्रेष्ठ, धरणीधर शर्मा, सूर्यविक्रम ज्ञवाली– सदस्य रहेका थिए । 
 
अहिले पुनर्जीवित परिषद्का अन्य सदस्यहरु वसन्तप्रकाश उपाध्याय, मनोज न्यौपाने, हेमन्त विवश, भोजराज न्यौपाने, महेश पौड्याल, ध्रुव घिमिरे, छाया लामा लगायत छन् । कार्यसमितिमा रहेका यी धरोहरहरुको योगदानको स्मरण गर्दै विशेष गरी वाङ्मयको माध्यमबाट लोकतान्त्रिक समाजवादी विचार एवं संस्कृतिको उन्नयन र विकासको लागि परिषद्लाई पुनर्जीवन दिइएको व्यहोरा परिषद्को प्रस्तावनामा उल्लेख छ ।
 
हालसम्म नेपाली कांग्रेस पार्टीले लेखक, कवि एवं स्रष्टाहरुसम्बद्ध कुनै पनि संघ–संस्थालाई शुभेच्छुक संस्थाका रुपमा मान्यता नदिएको अवस्थामा यस परिषद्लाई तदनुरुप शुभेच्छुक संस्था बनाउँदा ऐतिहासिक उपलब्धि हुने विश्वासका साथ नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा संस्थाको तर्फबाट निवेदन दिइएको परिषद् अध्यक्ष महेश प्रसाईंले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ