arrow

जन्ती बोकेको भारतीय गाडीलाई नेपाल प्रवेशमा रोक

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
गौशाला । प्रहरीले महोत्तरीको प्रमुख सीमानाका भिट्ठामोडमा जन्तीका दुईवटा गाडीलाई सोमबार नेपाल आउन दिएनन् । भिट्ठामोडमा खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतको सीतामढीबाट नेपालको धनुषा जिल्लाको देपुरा रुपैठामा जन्ती जान लागेको दुईवटा भारतीय गाडीलाई नेपाल प्रवेश गर्न नदिएका हुन् । 

अनिश्चितकालीन मधेस बन्द र सीमानाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ती दुबै गाडीमा शुभविवाहको तुल देखेपछि नेपाल आउन दिएपनि प्रहरीले रोकेका हुन् ।  सीमानाकामा खटिएका एक प्रहरीले मधेसी मोर्चाबाट विरोध भइरहेका बेला कसैले गाडीमा तोडफोड, आगजनी वा क्षति गरिदिए आफूहरुको कर्तव्यपालनामाथि र जिल्लाकै साखमाथि नराम्रो असर पर्ने देखेर जिल्ला कमान्डको आदेशानुसार भारतीय गाडी प्रवेशमा रोक लगाएको जानकारी दिए । 

नेपाल प्रवेश गर्न नदिएपछि भारतीय जन्ती बोकेका दुबै गाडी फिर्ता गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ