arrow

विपद् व्यवस्थापनका लागि राष्ट्रिय क्षमता बढाउन आवश्यक

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
earthquakeequador.jpg.jpeg
काठमाडौँ। भूकम्प लगायत प्राकृतिक प्रकोपका घटनापछिको व्यवस्थापनका लागि बनाइएको विधि र प्रक्रियालाई सही रुपले कार्यान्वयन गर्न राष्ट्रिय क्षमता बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । 
 
नेपाली र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमान्डको सहयोगमा आयोजित चारदिने विपद् व्यवस्थापन अभ्यास र आदानप्रदानबाट हामीमा भएको राष्ट्रिय क्षमतालाई बढाएमा र अन्तर्राष्ट्रिय तहबाट त्यसमा होस्टेमा हैँसा भएमा विपद्को सामना गर्न सकिने निचोड निकालिएको हो । 
 
विपद् व्यवस्थापनका क्षेत्रमा ख्याति कमाएका अमेरिका, बेलायत, चीन, क्यानडा, माल्दिभ्स, पाकिस्तान र मङ्गोलियाका सेना तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य मन्त्रालय, नेपाल हवाई उड्डयन प्राधिकरण र अन्य गैरसरकारी संस्थाबीच भएको छलफलबाट विपद् व्यवस्थापनको प्रभावकारी कार्यान्वयनका लागि समन्वयको आवश्यकतामा जोड दिइएको छ । 
 
भूकम्प लगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि एक दुई निकाय मात्र होइन, अन्तर्राष्ट्रिय शक्तिलाई पनि सही रुपमा परिचालन गरेर सङ्कटको सामना गर्न आवश्यक रहेको जनाइएको छ । गत वर्षको भूकम्पका समयमा खोज, उद्धार तथा राहतमा देखिएको कमजोरीलाई पाठका रुपमा लिएर विपद्को समयमा एकार्कामा देखिएको अक्षमता र कमजोरीलाई सुधार गरेर काम गर्ने तत्परता हुन आवश्यक रहेको जनाइएको छ । 
 
भूकम्पपछि व्यवस्थापनका क्षेत्रमा खटिएका सबै सुरक्षा फौज तथा सङ्घसंस्थाको अनुभव र पाठलाई एक ठाउँमा राखेर फेरि पनि मन्थन गर्न आवश्यक रहेकामा जोड दिँदै उक्त विचारविमर्शबाट भूकम्पका समयमा कतिपय समन्वयको अभावले गर्दा गैरसरकारी संस्था पनि खोज, तलास र उद्धारका लागि सैनिक मुख्य कार्यालयसँग जोडिन पुगेको घटनालाई पनि ध्यान दिन आवश्यक रहेको सुझाव आएको थियो । खासगरी छलफल विपद्का समयमा अस्पताल, विमानस्थल, पुल, हेलिकोप्टरको व्यवस्थापन र प्रयोगको बारेमा केन्द्रित थियो । 
 
शुक्रबार आयोजित समारोहमा समापन मन्तव्य दिँदै नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, अमेरिकी सेना एसिया प्रशान्त कमान्ड उपप्रमुख जेर्गारी बिल्टोन, रक्षा र गृह मन्त्रालयका सहसचिव कुलप्रसाद चुडाल र कृष्ण राउत तथा नेपाली सेनाका उपरथी विनोद श्रेष्ठले खोज र उद्धार प्रभावकारी तुल्याउन गरिएको व्यावहारिक अभ्यासबाट विपद् व्यवस्थापनका लागि समन्वयका साथ शीघ्र परिचालन भई जनधनको क्षतिलाई न्यूनीकरण गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे। 
 
विसं २०७२ को भूकम्पपछिको खोज, उद्धार र उपचारका लागि विश्वका ४२ मुलुकका झन्डै चार हजारभन्दा बढी सैनिक र उद्धारकर्मी नेपाल भएका थिए । त्यसबेला भएको खोज र उद्धारबाट विपद् व्यवस्थापन र पूर्वतयारीका साथै उद्धारका क्षेत्रका कार्यरत सेना र सङ्घसंस्थालाई आगामी दिनमा काम गर्न ठूलो ज्ञान मिलेको अनुभव समेत सहभागीका तर्फबाट व्यक्त गरिएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ