काठमाडौ । जेम्सले प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
राजधानीको ताहचल फुटसलमा भएको फाइनलमा जेम्सले रातो बंगलालाई अतिरिक्त समयमा ४–३ ले पराजित ग¥यो ।
जेम्सका लागि नितान्त श्रेष्ठले ह्याट्रिक गरे भने विशम पुनले १ गोल गरे । रातो बंगलाबाट अभिनव, शान्ति दूत र अनुप ग्रहले १–१ गोल फर्काए । निर्धारित समयको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।
होलीभिजन स्कुलले आयोजना गरेको प्रतियोगिताको शुक्रबारै भएको सेमिफाइनलमा रातो बंगलाले रिब्सलाई ६–४ तथा जेम्सले द एक्सेल्सियर स्कुललाई ३–१ ले हराउदै फाइनल यात्रा तय गरेका थिए ।
जेम्सका नितान्त श्रेष्ठ उत्कृष्ट खेलाडी तथा ग्रिनफिल्डका जेनिश महर्जन उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर १२ गोल गरेका एक्सेल्सियरका धीरज जोशी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
रिब्सले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई सांसद् ध्यानगोविन्द रन्जित, होलीभिजनका संस्थकपक प्रिन्सिपल नारायण शर्मा गजुरेल, निर्देशक पदमदास सिंह र प्रिन्सिपल नन्दलाल सुवेदीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीन दिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।