arrow

बबई नदी पितृ कार्यको तीर्थस्थल

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Bardiya-hamrakura.jpg.jpeg
गुलरिया (बर्दिया) । एक हप्तादेखि सोह्रश्राद्धको अवसरमा बर्दियाको गुलरियास्थित बबईअर्थात सरयु नदीलाई पितृ तीर्थस्थलको रुपमा घोषणा गरी श्राद्ध गर्न थालिएको छ । सांसद सञ्जय गौतमले सो कार्यको शुभारम्भ गर्दै हिन्दू सभ्यताको दृष्टिकोणले यो मुक्तिनारायण घाटमा पितृकार्य गर्न सकिने र पर्यटकीय धार्मिकस्थलको विकासको सम्भावना रहेको बताए । 
 
गौतमले बर्दियामा सोह्रश्राद्धको अवसरमा महायज्ञ तथा कलस यात्रा सुरु भएको बताए  । महायज्ञमा मुक्तिनारायण भादघाटका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले धेरै पैसा खर्च गरेर हामी भारतमा तीर्थयात्रा गर्न जान्छौँ यही नेपालबाट बगेको नदी त्यही गएर तीर्थ बन्छ त्यसलाई रोक्नका लागि नेपालको बर्दियामा नै तीर्थस्थल बनाउन लागेको बताए । 
 
उक्त यज्ञ तथा कलस यात्रामा महायज्ञका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले यो नदीलाई विभिन्न नामाकारणले चिनिने भएकाले यसको नाम अबदेखि सरयु नदी नामाकारण गर्ने बताए । कार्यक्रममा मध्यपश्चिम प्रभारी अन्तर्राष्ट्रिय भक्ति फाउन्डेसन नेपालका हेमराज रिजालले नेपालको पितृ तीर्थस्थल नमुनाको रुपमा बर्दियालाई बनाउने उल्लेख गरे। 
 
बर्दियावासीले पितृ मोक्षका लागि करिब दुई हजार भक्तजनले वागेश्वरी मन्दिरदेखि मुक्ति नारायणघाटसम्म कलस यात्रा तथा पूजा गर्दा आफूहरु खुसी भएको बताएका छन् । एक हप्तादेखि सुरु भएको यज्ञ सोह्रश्राद्धसम्म गुलरियाको नगरपरिसरमा सञ्चालन हुने छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ