arrow

‘ठूला दलले साझा धारणा लैनचौर पु¥याए’

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
shashi koirala1.jpg.jpeg
काठमाडौ । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले प्रमुख दलहरुले तयार पारेको तीन बुँदे साझा धारणा आफूहरु भन्दा पहिला भारतीय दुतावास लैनचौरमा पुर्याईएको दावी गरेका छन ।  रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमामा उनले भने,‘ ठूला दल स्वाभिमानको कुरा गर्छन तर हामीलाई भन्दा पहिला साझा धारणा लैनचौर पुर्याउँछन । के यही हो ठूला दलको स्वाभिमान ?’

सहअध्यक्ष कर्णले मधेसी मोर्चाका नेताहरु भारतीय प्रधानमन्त्री वा विदेशमन्त्रालयको निम्तमो भारत नगई आफ्नै खर्चमा नयाँ दिल्ली गएको दावी गर्दै यो सद्भाव भ्रमण भएको बताए ।  उनले भने,‘ कसैले मोदीले बोलाए, विदेशमन्त्रालयले बोलाएको भनेर हामीलाई आरोपित गर्ने प्रयास गर्छन । तर हामी आफ्नै खर्चमा दिल्ली गएका हौ ।’

कर्णले अरु दलका नेताहरु लुकिलुकि भारत र लैनचौर जाने गरेकोले हल्ला नहुने भन्दै आफुहरु खुलेआम गएकोले बढि चर्चा भएको बताए ।  नेपालको समस्या नेपालमै संबोधन हुनु पर्ने भन्दै अहिलेकै अवस्थामा मधेसी, आदीबासी जनजाति, दलितले यो संविधान स्विकार नगर्ने स्पष्ट पारे । 

कर्णले हिजोको सहमति नमान्नेले आजको कुरा मान्छ नै भन्न सक्ने अवस्था नरहेको भन्दै मधेसी आदीबासी जनजातिहरुले अहिले राज्यलाई विश्वास गर्न नसकिरहेको स्पष्ट पारे ।  उनले आफूहरुले अघि सारेको ११ बुँदे प्रस्तावमा कुन कुन पुरा गर्न सकिने के के नसकिने भनि धारणा ल्याउनु पर्नेमा तीन बुँदा ल्याएको भन्दै त्यो आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पारे । 

कर्णले समस्या समाधानकोलागि दिनरात छलफल गर्नु पर्नेमा सरकारले लामो समयपछि बोलाउने गरेको भन्दै सरकार बार्ताप्रति जिम्मेवार नभएको बताए ।  नयाँ शक्तिका अभियन्ता देबेन्द्र पौडेलले मुलुकको समस्या समाधानको लािग आफूहरुले सहजकर्ताको भूमिका निर्वाह गर्ने विषयमा छलफल गरिरहेको बताए । 

उनले मधेसी मोर्चालाई बार्तामा ल्याउन र भारतसँगको समस्या कुटनीतिक तवरबाट हल गर्न आफूहरुले प्रयत्न गरिरहेको भन्दै समस्या सुल्झाउन नयाँ शक्ति प्रयत्नशिल रहेको बताए ।  सरकारको अहिलेको ब्यवहारले मुलुकलाई सामाजिक हिंसामा लैजाने आशंका ब्यक्त गर्दै पौडेलले नयाँ शक्तिको संयोजक बाबुराम भट्टराई र आफूहरुलाई भारतको ईशारामा चलेको भन्ने आरोप प्रमाणीत गरेर देखाउन चुनौति दिए । उनले भने,‘सरकार अजिंगर जस्तो सुतेको छ । हामी कुटनीतिक सम्बन्ध सुधार्ने, त्रिकोणीय ढंगले राष्ट्रिय एकता  बलियो बनाउँन चाहन्छौ ।’

उनले आफूहरु भारतीय नाकाबन्दीको विरुद्ध  र सार्वभौमकिताको पक्षमा रहेको भन्दै त्यसकै जगमा आफूहरु नयाँ शक्ति निर्माणमा लागेको बताए ।  पौडेलले मुलुकको समस्या तत्काल समाधान नगरे खतरापूर्ण अवस्था आउने चेतावनी दिदै समस्या समाधानको नाममा गाली गर्ने कुरा ठिक नभएको दावी गरे । ।

उनले तराई र पहाड छुट्टयाउँदा मुलुकको रक्षा हुन नसक्ने तर्कले देशको नागरिकमाथि अविश्वास गरेकोले समस्या उत्पन्न गरेको भन्दै क्लष्टर मिलाएर सीमांकन नगर्दा सम्म समस्याको समाधान नहुने ठोकुवा गरे ।  सामाजिक र आर्थिक हिसावमा अहिलेको जस्तो असहज अवस्था कहिल्यै पनि नभएको भन्दै पौडेलले अहिले मुलुकमा सामाजिक सद्भाव खल्बल्याउन राज्यलाई बल प्रयोगकोलागि बाध्य पार्ने काम भईरहेकोले यो तर्फ सचेत हुन समेत आग्रह गरे । 

नेपाली काग्रेसका नेता रमेश लेखकले प्रमुख दलले तयार पारेको तीन बुँदे साझा अवधारणाले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागलाई संबोधन गर्ने दावी गर्दै अहिले केही दल बसेर सीमांकन गर्ने हो भने मुलुकमा झनै जटिलता बढेर जाने ठोकुवा गरे ।  उनले भने,‘ केही दल बसेर सीमांकन गर्दा समस्या पर्छ भनेर हामीले राजनीतिक सहमतिको आधारमा निर्णय गर्ने कुरा गरेका हौ । अहिलेको सीमा फेरे त्यो लागु नहुन सक्छ । बाँकी विषयहरुमा छलफल गर्दै जान सकिन्छ ।’

अविभेद गर्ने कुरा अहिलेको संविधानले अरु देशको भन्दा धेरै आधार तय गरेको भन्दै संसारमा सयौ बर्ष प्रयास गर्दा पनि नभएको नेपालमा दोस्रो राष्ट्रपति र सभामुख महिला भएको उदाहरण प्रस्तुत गरे ।  उनले भने,‘ संविधान लोकतान्त्रिक मुल्य मान्यता, अधिकार र समावेशी आधार तय गर्न अरु देश भन्दा बढी नै सफल भएको दावी समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ