arrow

सामुदायिक सेवा समिति रोल्पाको नबौं महाधिवेशन सम्पन्न

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असोज ८ शनिबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। सामुदायिक सेवा समिति रोल्पाको नबौं महाधिवेशनले शुक्रबार निमबहादुर सिंह ठकुरीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। 
 
जसको उपाध्यक्षमा नरबहादुर डाँगी, सचिव धनराज डाँगी, सहसचिव गीता डाँगी, कोषाध्यक्ष ओबीलाल केसी र सदस्यहरुमा हरिबहादुर घर्ती, विष्णु घर्ती, हिमा घर्ती, यामबहादुर गुरुङ, लोकबहादुर केसी, खर्कबहादुर घर्ती र कृष्णकुमार नेपाली रहनु भएको छ।
 
समितिका अध्यक्ष खटक बहादुर खत्री तोराबोराको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम प्रमुख अतिति प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीय बिकास अधिकारी सुशील बैद्य, प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगर, जिल्लाका राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरु, सामुदायिक सेवा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो। हिराबहादुर घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सन्चालन ओबीलाल केसीले गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ