arrow

बेसवल प्रतियोगिता अव नेपालमा पनि

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
bassball-press-confrence.gif
काठमाडौ। सन् २०२० को ओलम्पिकमा समावेश हुने निर्णय भएको बेसवल खेल अव नेपालमा पनि औपचारिक रुपमै शुरु हुन लागेको छ। द गोर्खा क्र्यु क्लवको आयोजनामा अशोज ११ गते द गोर्खा क्र्यु बेसवल प्रतियोगिता २०१६ हुने भएको हो। 
 
१५ वर्ष उमेर समुहका विच खेलाईने प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ। नकआउट चरणमा खेलाईने खेल जुनियर लिगको नियमानुसार ५ इनिंगमा खेलाईने छ। नेपाल बेसवल तथा सफ्टवल संघ, गोलपोष्ट, सिंगापुर इन्टरप्राईजेज  को सहयोगमा हुने उक्त प्रतियोगिताका खेलहरु अमेरीकी राजदुतावासको खेल मैदान फोहरा दरवार, पाटन संयुक्त क्याम्पस, नेपाली सेना लगनखेल र पुल्चोक क्रिकेट मैदानमा हुने क्लवका अध्यक्ष दिनेश बजगाँईले जानकारी दिए। 
 
यस प्रतियोगिताले नेपालमा वेसवलको दक्षता प्रदर्शन भई खेलको विकास एवम् विस्तार हुन सहयोग पुग्ने पनि बजगाँईले बताए। यस प्रतियोगितालाई सहयोग गर्न संयुक्त राज्य अमेरीकाबाट प्रतिनिधि मण्डल समेत आउने भएका छन्। 



नयाँ