arrow

बैरगनियाँ स्टेशनमा नेपाली तीर्थयात्री कुटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
nepal-india-flag.jpg

बारा । भारत बिहारको बैरगनियाँ स्टेशनमा नेपालीमाथि दुर्व्यवहार र हातपात भएको छ । बैरगनिया स्टेशनमा एक भारतीय युवकले एक नेपालीलाई दुर्व्यवहार गर्दै हातपात गरेका हुन् ।

भारत बिहारको बैरगनिया स्टेशनमा रेलको डब्बाको ढोका चाँडै नखोलेको भन्दै अपरिचित भारतीय युवकले बाराका एक जना कावरियामाथि कुटपिट गरेका हुन् । 

अपशब्द प्रयोग गर्दै ती व्यक्तिले झ्याल बाहिरबाट प्रहार गरेको लाठी लागेर बाराको उत्तरझिटकैयाका भान्साका कावरिया जयप्रकाश मण्डल घाइते भएको कावर टोलीमा सहभागी किसुन पटेलले जानकारी दिए । 

आक्रमणबाट कावरिया मण्डलको बायाँ हातको कान्छी औँला काटिएको उनले बताए । लाठी प्रहार गर्ने युवकलाई पक्राउ गर्न  बिहार प्रहरी मुकदर्शक बनेपछि उनी फरार बनेको पीडित कावरिया मण्डलले गुनासो गरे । 

भारतको तीर्थ यात्रामा बाराबाट निस्केका नेपाली कारवरियामाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान गरेर कानुनी कारबाही गर्न कावरियाहरुले भारतीय सुरक्षा अधिकारीसँग आग्रह गरेका छन् । उनीहरुले रेल यात्राको क्रममा यसअघि पनि नेपालीमाथि पटक पटक भारतीयहरुले दुव्र्यवहार गर्ने गरेको दुखेसो पोखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ