arrow

‘तिम्रो नाकाबन्दी आन्दोलन ११४ दिन भयो, हाम्रो शान्तिपूर्ण आन्दोलनको त तीन वर्ष भईसक्यो’

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
काठमाडौ । विगत तीन वर्षदेखि निरन्तर आन्दोलन गरिरहेको अग्रज समाज जेष्ठ नागरिक संघर्ष समितिले मधेसी मोर्चाका नेताहरुलाई आफूहरुको शान्तिपूर्ण आन्दोलन १ हजार दिन भन्दा बढी समयदेखि जारी रहेको स्मरण गराएका छन । 

संघर्ष समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मधेसी मोर्चाको नाकाबन्दीसहितको आन्दोलन ११४ दिन हुँदा समस्या समाधानको लागि सबै चिन्तत हुने तर आफूहरुको आन्दोलनको किन बेवास्ता गरेको भनि प्रश्न गरे । उनीहरुले एक मधेस प्रदेश मागेर मधेसी मोर्चाले यहाँको सामाजिक सद्भाव विथोल्न खोजेको भन्दै मोर्चाका नेताहरुलाई,‘ मधेस बाऊको विर्ता र ससुरालीको दाईजो होइन र तिमिहरुलाई दिने ? भनि प्रश्न गरेका थिए । 

समितिका अध्यक्ष महाप्रसाद पराजुलीले नाकाबन्दीले ६०१ सभासद र नेताहरुलाई नछोई आफूहरु जस्तो जेष्ठ नागरिक र गरिखाने नागरिकलाई समस्या पारेको भन्दै नेताहरुको पराधिन मानसिकताले गर्दा समस्याको समाधान नभएको तर्क गरे ।  उनले मधेसी मोर्चालाई तीन करोड नेपालीको नेता बन्न सुझाव दिदै पूर्व पराष्ट्रमन्त्री जस्तो ब्यक्ति दशगजामा गएर मुलुकको रासन पानी रोक्नु लज्जास्पद विषय भएको बताए । 

सचिव गणेश कार्कीले तीन वर्षको आन्दोलनमा ११ जनाको ज्यान गईसकेको भन्दै आफूहरुको अहिसांत्मक आन्दोलनलाई सरकारले वास्ता नगरेकोले संकट गहिरिएको बताए । उनले आफूहरुसँग पनि संबाद गरेर सर्वोच्च अदालतले आदेश दिएको र आफुहरुसँग गरेको पूर्व प्रतिबद्धता पुरा गर्न माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ