arrow

कमल थापा भन्छन् – स्रोत नखुलेको सम्पतिलाई वैधता नदेऊ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
kamal-thapa-new.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संसोधन गर्न लागेकोप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संसोधन गरेर स्रोत नखुलेको सम्पति वैध बनाउनु भनेको भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिन खोजिएको बताएका हुन् ।

 ‘देश अहिले भ्रष्टाचारको महारोगबाट अक्रान्त छ, यसैबीच स्रोत नखुलेको सम्पति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो,’ उनले भनेको छन्, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ