arrow

केन्द्रीय सचिवालय बैठक : पार्टीको संगठनात्मक विधि र व्यवस्थापनबारे महत्वपूर्ण निर्णय आउने

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
cm-prachand-news-aaja.jpeg
काठमाडौं । सत्ताधारी माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा जारी बैठकमा पार्टीको संगठनात्मक ढाँचा र व्यवस्थाबारे छलफल भइरहेको छ ।
 
भदौमा हुने भनिएको पार्टी महाधिवेशन पछि सारेको माओवादी केन्द्रले पार्टीको आन्तरिक संरचना मिलाउन कसरत गरिरहेको छ । 
 
मुख्य दुई दल कांग्रेस र एमालेले संघीय संरचना अनुसार पार्टीलाई अघि लगि सकेकामा संघीयताको आवाज उठाउने माओवादी केन्द्र व्यवहारिक रुपमा पछि परेके छ ।  
 
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत, केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ, राम बहादुर थापालगायत सचिवालय सदस्यहरु उपस्थित रहे । 
 
बैठकले पार्टीको संगठनात्मक विधि र व्यवस्थापनबारे महत्वपूर्ण निर्णय गर्ने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । 
 
B



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ