arrow

नरेन्द्र मोदीलाई पत्र

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
modi.jpg.jpeg
काठमाडौं । मानवअधिकारकर्मीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेका छन् । मानवअधिकार तथा शान्ति समाज नेपालले नेपालस्थित भारतीय दूतावास मार्फत नेपालमाथि भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रहसहित नागरिकको हस्ताक्षर सहितको अनुरोध पत्र पठाएका हुन् ।  
 
विश्व मानवअधिकार दिवसका अवसरमा मङ्सिर १८ गतेदेखि सङ्कलन भएको हस्ताक्षर समाजले सोमबार दूतावासमा बुझाएको हो । समाजले काठमाडौँका नयाँ सडक, रत्नपार्क, वसन्तपुर, चाबहिललगायतका विभिन्न स्थानमा हस्ताक्षर सङ्कलन गरेको थियो । मानवअधिकार दिवसका सन्दर्भमा समाजले नाकाबन्दीविरुद्ध अन्य कार्यक्रम जारी राखेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ