arrow

नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको छ – परराष्ट्रमन्त्री

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
foreign-minister.jpeg
न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको बताएका छन् ।  
 
संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा महतले शान्ति प्रक्रियाको प्रमुख हिस्साका रुपमा संविधानसभाबाट संविधान जारी हुनु र त्यसमा सबै पक्षको भावना समेटिनु उल्लेखनीय रहेको बताए ।
 
उनले संविधानमा असन्तुष्टि व्यक्त गर्दै आएका दल तथा समूहलाई पनि वार्ता र संवाद मार्फत सहमतिमा ल्याउन सरकार क्रियाशील रहेको स्पष्ट पारे । 
 
नेपालको संविधान समावेशी, समतामूलक एवम् लोकतान्त्रिक रहेको भन्दै उनले राज्यका तीनवटा महत्वपूर्ण निकायमा महिलाको नेतृत्व रहनु विश्वमै उदाहरण रहेको बताए । 
 
राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिलाको नेतृत्व छ, हाम्रो संविधान समावेशी र सहभागितामूलक छ भन्ने पनि यसले देखाउँछ उनले भने । 
 
नेपाल मानवअधिकारको सम्मान र त्यसको पूर्ण परिपालनाका लागि पूर्ण रुपमा क्रियाशील रहेको उल्लेख गर्दै मन्त्री डा महतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगमार्फत द्वन्द्वकालका मुद्दामा छानबिन तथा अध्ययन सुरु गरिएको उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ