arrow

रियल मड्रिड बराबरीमा थन्किँदा बार्सिलोनालाई राहत

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
real-madrid.jpeg
स्पेन । स्पेनिश लिग ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड नवप्रवेशी टिम लस पल्मससंग २–२ गोलको बराबरीमै थन्किएको छ ।
 
It was the first time in his seven-year career Ronaldo had been taken off in a tactical switch
 
लिगको छैटौं खेलमा लस पल्मससंग उसकै मैदानमा बराबरीमै चित्त बुझाउनु पर्दा क्रिष्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान निराश बनेका छन् । 
Zinedine Zidane offered his hand but Ronaldo did not make eye contact with the Real coach
 
खेलमा दुई पटक अग्रता बनाए पनि रियलले जित हासिल गर्न सकेन । पहिलो पटक रोनाल्डो ट्याक्टिकल नीति अन्तर्गत खेल सकिनु १८ मिनेट अगाडि मैदानबाट बाहिरिंदा टिमले जित हासिल गर्न सकेन । 
 
Gareth Bale was lively down the right and went close to scoring with a fierce shot in the first half
 
खेलको ३३ औं मिनेटमा मार्को एसेन्सियोको गोलबाट अग्रता लिएको रियलले ५ मिनेटमै तानाले गोल गर्दा बराबरीमा चित्त बुझायो । 
 
Ronaldo's shot was blocked but Karim Benzema put away the rebound for the second goal
६७ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियलले फेरि अग्रता बनायो । 
 
Substitute Benzema followed up to score in 67th minute after a Ronaldo shot was blocked
 
तर ८५ औं मिनेटमा सर्जियो आराउजोले गोल गरी लस पल्मसलाई शानदार बराबरी गराए । 
 
Las Palmas equalised with just five minutes left through striker Sergio Araujo 
 
यो हारले भने रियल मड्रिडले डिफेन्डिङ च्याम्पियन बार्सिलोनाभन्दा मात्र एक अंकको अग्रता बनाएको छ । 
 
Rafinha celebrates his headed goal with Suarez and Neymar as Barcelona looked set for three points following the quick goals
 
रियलको ६ खेलबाट १४ अंक हुँदा बार्सिलोनाको १३ अंक भएको छ । 
 
बार्सिलोनाले शनिबार रातिको आफ्नो खेलमा स्पोर्टिङ गियोनलाई ५–० को फराकिलो अन्तरले हरायो । लोराले दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि ७४ मिनेटपछि १० जना सीमित स्पोर्टिङलाई हराउने क्रममा नेमारले दुई गोल गरे । 
 
Neymar typically got in on the action late on after rounding Cuellar and cheekily tapping home without looking at the ball
 
त्यस्तै लुइस सुवारेज, राफिन्हा र आर्दा तुरानले एक एक गोल गरे । 
 
Luis Suarez taps the ball past the onrushing Ivan Cuellar after he was put through on goal by Turkey international Arda Turan
 
लिगको अर्को खेलमा एथ्लेटिक बिलबाओले सेभिल्लालाई ३–१ ले हराएको छ । बिलबाओ १२ अंकसहित तेस्रो स्थानमा चढेको छ ।  
 
Neymar dribbles with the ball as he assumed more creative responsibility at the Estadio El Molinon in the absence of Messi



नयाँ