मिर्गौला रोगका लागि आयुर्वेदिक उपचार वरदानसावित

प्रकाशित मिति : २०७३ असोज ९ आइतबार
काठमाडौँ । मिर्गौला समस्याका कारण धेरैले अकालमा जीवन गुमाउनुपरेका घटना पछिल्लो समयमा आइरहेका छन् । आयुर्वेद उपचारपद्धति मिर्गौला उपचारका लागि वरदान सावित हुँदै आएको छ । 
 
आयुर्वेद उपचार पद्धतिले राम्रो स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुसी जीवन बिताइरहेका धेरै मानिस छन् । 
 
गत वैशाखमा काठमाडौँ नयाँबजारका ५७ वर्षीय टीका राणालाई असहज महसुस भयो । त्यसपछि उनी उपचारका लागि अस्पताल गए । डाक्टरको उत्तर सुनेर उनलाई झन् असजिलो भयो । उनले भने – “डाक्टरले दुवै मिर्गौला छैन भनेको सुन्दा म झसङ्ग भए, त्यही ढल्छु जस्तो भयो तर मैले त्यहाँ डायलासिस गरिन, आयुर्वेद उपचार गर्न आएँ ।” 
 
राणालाई उपचार गर्ने वैद्यलाई देख्दा भगवान् भेटेजस्तो महसुस हुन्छ हिजोआज । “जीवन दिने नै भगवान् हो, नयाँ जिन्दगी पाएर खुसी छु” – हँसिलो मुहारमा उनले थपे । उनी पहिलाको जस्तै सम्पूर्ण काम गर्न सक्छन् ।  
 
कुपन्डोल गुरुद्वार नजिकै रहेको श्री गणेश आयुर्वेदीय औषधालय प्रालिमा पुगेर उहाँले परामर्श लिएर औषधि खान सुरु गरे । सुरुमा उनको क्रिटिनाइन ७।८ थियो । उपचारपछि क्रमशः २।९, २।८ हुँदै अहिले पाँच महिनामै सामान्य अवस्थाको जस्तै २।२ मा झरेको छ । मानिसको शरीरमा क्रिटिनाइन १।४ सामान्य मानिन्छ । 
 
राणाजस्तै भक्तपुर ठिमी–१७ का ६४ वर्षीय लालबहादुर कार्कीलाई पनि आयुर्वेदिक औषधिले राम्रो सुधार भइरहेको छ । उनले उपचार गर्न सुरु गरेको दुई वर्ष भयो । “वैद्यले दिएको औषधिले राम्रो सुधार भएको छ” – कार्कीका छोरा सुवास कार्कीले भने । सुरुमा उनको क्रिटिनाइन ४।४ थियो । अहिले २।२ छ । 
 
मकवानपुरका २२ वर्षीय अरुण लामालाई आयुर्वेदिक औषधिको प्रयोगले निकै राम्रो भएको छ । एकवर्षअघि औषधि सुरु गर्दा उनको क्रिटिनाइन ६।८ थियो । अहिले ४।२ हुँदै २।१ मा झरेको छ । 
 
“दैवलाई पनि मिर्गौलाको रोग नलागोस्, कम हुँदैछ, ठीक हुन्छ, विस्तारै कम हुँदैछ” – लामाले भने । 
 
नेकपा ९माओवादी केन्द्र० कृषि विभागका अध्यक्ष ६५ वर्षीय चित्रबहादुर श्रेष्ठले पनि आयुर्वेदिक औषधि निरन्तर सेवन गरिरहेका छन् । 
 
त्यस्तै, दाङका ५३ वर्षीय लीला दाहालले पनि आयुर्वेदिक औषधि नै सही लागेको सुनाए । उनले तीन वर्षदेखि मिर्गौलाको उपचार निरन्तर गराइरहेका छन् । उनको क्रिटिनाइन सुरुमा ३।४ थियो । अहिले २।१ छ । 
 
आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । मासिक रु पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना नखाएमा छिट्टै कम हुँदै जान्छ ।
 
गणेश आयुर्वेदीय औषधालय प्रालिका अध्यक्ष तथा वैद्य गणेशबहादुर राउतका अनुसार मिर्गौला खरावी प्रत्येकलाई फरक फरक कारणले हुन्छ । थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । मिर्गौला रोगका लक्ष्यण पिसाब कम लाग्ने, पानी कमी, वाकवाकी लाग्ने र गोडा सुन्निने हुन्छ । 
 
“आयुर्वेद पद्धतिबाट उपचार गर्दा बिरामीको गहन अध्ययन गर्नुपर्ने हुन्छ, त्यहीअनुसार उपचार पद्धति आवश्यक छ, परामर्शपछि चेतना र औषधि समानान्तर भएमात्रै राम्रो परिणाम आउँछ” – वैद्य राउतले भने । 
 
वैद्य राउतले २०४५÷४६ सालमा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महिने आयुर्वेदीय तालिम लिएर निरन्तर खोज अनुसन्धानमा लागिपरी मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदीन काम गरिरहेका छन् । 
 
उनको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न सुरु भएकालाई दुई÷चार महिनामा सामान्य हुन्छ । अत्यधिक बढेको छ भने केही समय लाग्न सक्छ । 
 
उनका अनुसार यो पद्धतिबाट उपचार गर्दा ज्यान जोगिन्छ । आर्थिक भारबाट जोगिन सकिन्छ । घरमै बसीबसी स्वास्थ्य लाभ गर्न सकिन्छ । जसले गर्दा मिर्गौला पीडितका आफन्तको पीडा कम हुन्छ । 
 
आयुर्वेदीय विज्ञानद्वारा, आधुनिक मेडिकल ल्याबद्वारा र बिरामीको आफ्नो अनुभूति समयमै सम्पर्क राखेमा मिर्गौला समस्या आवश्यकता विशेष परामर्श लिएमा बिरामीले स्वच्छ जीवन जीउन सक्ने उनको भनाइ छ । 
 
मिर्गौला बिरामी भनेपछि निराश गराउने पनि घातक हो । यो राष्ट्रिय समस्या भएर बढिरहेको हुनाले समाधानका लागि नेपाली उत्पादनलाई प्रवद्र्धन तथा अध्ययन गर्नु आवश्यक छ । 
 
आयुर्वेद मौलिक उपचार पद्धति हो । एकातिर राज्यले आयुर्वेद उपचारलाई वैकल्पिक पद्धतिमा राख्दा यो ओझेलमा परेको छ भने अर्कातिर नेपालमा मिर्गौला रोग राष्ट्रिय समस्याका रुपमा विकसित भइरहेको छ । मिर्गौलाका बिरामी घर खेत सर्वस्व बुझाएर पनि अलपत्र परिरहेका छन् । 
 
पश्चिमा मुलुकहरु आयुर्वेद खोजिरहेका छन् तर नेपालमा आयुर्वेदको मातृभूमि भएर पनि राज्यले त्यसको संरक्षण नगरेको राउतको गुनासो छ । आयुर्वेद चिकित्सा पद्धतिको विकास भएमा चिकित्सा पर्यटन प्रवद्र्धन गर्न सकिने उनको धारणा रहेको छ । रासस 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ