arrow

दुर्घटनामा एकको मृत्यु, चार घाइते

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
accident-@-.jpg.jpeg
उर्लाबारी । मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा शनिबार राति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् । 
 
विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल कदमाह–२ मा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । 
 
दुर्घटनामा परी भारतीय मोटरसाइकका चालक कदमाह–६ का २८ वर्षीय धीरेन्द्र कामतको मृत्यु भएको हो । 
 
तीन जना सवार सो मोटरसाइकलको पछाडि बसेका कदमाह–६ कै ३० वर्षीय भाग्लु मण्डल, दादरबैरिया–३ की १५ वर्षीया अञ्जना कामत, स्कुटर चालक सोराभाग–८ का ५० वर्षीय रामदेव मण्डल र पछाडि सवार उनका छोरा १७ वर्षीय आचकर मण्डल घाइते भएका छन् । 
 
घाइते सबैको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ