arrow

पुनःनिर्माण सीइओलाई प्रधानमन्त्रीले घोचे–प्राधिकरणको कामबाट सन्तोष लिने ठाउँ छैन

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
punanirman-pradhikaran-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको काम सन्तोजनक नभएको भन्दै असन्तुष्टी जनाएका छन् ।
 
आइतबार सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकमा दाहालले प्राधिकरणको काम सन्तोषजनक छैन भनेका हुन् ।
 
प्रधानमन्त्री दाहालले भदभार ग्रहण गरेकै भोलि पल्ट ४५ दिन भित्र बढी क्षति पुगेका ११ जिल्लाका सबै भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिन निर्देशन दिएकामा त्यसो हुन सकेको छैन ।  
 
बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी कार्ययोजनाबारे सुनाए । यद्यपि, ज्ञवालीले सुनाएका विवरणले प्रधानमन्त्रीको चित्त नबुझेन ।
 
 यस्तै, अर्थ, सामान्य प्रशासन, शहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवहरुले पुनःनिर्माणमा विषयगत मन्त्रालयको कामको प्रगति र समस्याबारे ब्रिफ गरे । 
 
बैठकमा प्राधिकरणका सदस्य निमानन्द रिजाल, किशोर थापा र तारानिधि भट्टराईले प्राधिकरणका समस्या र चुनौतिबारे धारणा राखे ।  प्राधिकरण निर्देशक समितिको अर्को बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने भएको छ ।
 
यस्तै, निर्देशक समितिमा प्रमुख विपक्षी एमालेबाट पार्टी अध्यक्ष केप ओलीले उपाध्यक्ष भीम रावललाई पठाएका छन् । विपक्षी पार्टीको उपाक्ष अर्थात् उपसभापति रहने व्यवस्था अनुसार ओलीले रावललाई पठाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ