arrow

यस्तो पो प्रहरी सुरक्षा : जहाँ निष्फिक्री छन् नागरिक, मस्त निदाउँछन् किसान

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ असोज ९ आइतबार
man-sleeping-the-farm.jpeg
विराटनगर । प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाएपछि पूर्वी मोरङमा शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ । इलाका प्रहरी कार्यालय रंगेलीले स्थानीय बासीसंग समन्वयगरी  सुरक्षा अभियानलाई तीव्रता दिएपछि सुरक्षामा सुुधार आएको हो । 
 
एक नगरपालिका र १३ वटा गाउँ विकास समितिलाई सेवा दिइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले सुरक्षा व्यवस्था सुुदृढ बनाउन प्रहरीको क्युआरटी अर्थात ‘क्विक रेसपोन्स’टिम समेत परिचालल गरेको छ । 
 
घटना भएको पाँच मिनेटमा प्रहरी पुुग्नेगरी टिम परिचालन गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अविचन्द्र रिजालले  बताए । उनका अनुसार कुनै घटना हुँदा होस वा प्राकृतिक विपद् पर्दा नेपाल प्रहरी तत्काल पुग्ने गर्दछ । 
नेपाल प्रहरीले विकास निमार्ण तथा सामाजिक कार्यमा समेत स्थानीय वासिन्दासँग हातेमालो गरेर अघि बढिरहेको छ ।
 
केही वर्षअघि पूर्वी मोरङमा चौपाया चोरी तथा चोरहरुको विगविगिका कारण सर्वसाधारण हैरान हुन पुगेका थिए  । दिनहु जसो कुनै न क'नै गाउँमा चौपाया तथा घरमा चोरीका घटना सुन्ने  गरिन्थ्यो, स्थानीय भन्छन्, ‘अहिले त्यो अवस्था छैन ।’ 
 
केही वर्षअघि खेतमा रहेको पम्पसेट तथा पानी पटाउने मोटर समेत चोरी हुने गर्दथ्यो । अहिले  खेतमा एक महिना सम्म पम्पसेट र मोटर राख्दा समेत सुरक्षित हुने गरेको रंगेली नगरपालिका–१ कृषक सुनरलाल मण्डलले बताए ।
 
अर्का किसान राजकुुमार खडका भन्छन्, ‘मोटर रुग्नका लागि खेतमा गएर सुत्नु पर्दथ्यो तर अहिले सवै कुरा सुरक्षित हुन्छ ।’ त्यति मात्र नभई गाउँमा बलियो गोरु किनेर ल्याउँदा समेत किसानहरु रातभर जागराम बस्नुपर्ने अवस्था थियो, उनले सुनाए, ‘भर रुग्नका लागि युवाहरुका समूह बनाएर आफै रातभर गस्ति गरेका थियौं ।’ 
 
चेकजाँचलाई तीव्रता दिएपछि अवैध चोरीका समान देखि लागुु औषधमा संलग्न व्यक्ति तथा चौपाया तस्करहरु समेत पक्राउ पर्न थालेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक  रिजालले बताए ।
 
यसैबीच प्रहरीले सक्रियता देखाएपछि गत आर्थिक वर्षमा ६ लाख मूल्य बराबरका चोरी तस्करीका समान भन्सार बुझाएको र  अदालतबाट सजाय तोकिएपछि फरार भएका ३७ जना अभियुक्त  पक्राउ परेको प्रहरी निरिक्षक रिजालको भनाई छ । 
 
रिजालका अनुसार २० वर्षदेखि फरार रहेका व्यक्तिहरुलाई प्रहरी पक्राउ गर्न सफल भएको हो । यसैगरी मानव अपहरण तथा सस्करी छाप तथा किर्ते गरी नेपाली नागरिकता बनाउन खोज्नेहरुलाई पनि  पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ