arrow

‘राष्ट्रिय एकता’ कांग्रेसकै काँधमा

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
काठमाडौं । काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताको अगुवाइ नेपाली काँग्रेसले गर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घले गरेको ‘संविधान उत्तर राजनीति र यसको कार्यान्वयनमा देखापरेको चुनौती’ विषयक अन्तक्र्रियामा महामन्त्री सिटौलाले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय एकताको अगुवाइ काँग्रेसले गर्ने बताए ।  
 
संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको औँल्याउँदै सिटौलाले भने, “बिनाराष्ट्रिय एकता संविधान कार्यान्वयन हुन सक्दैन, राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले राष्ट्रिय एकता आवश्यक छ ।” 
नयाँ बनेको संविधानले सबै क्षेत्रको भूगोललाई समेटेको स्पष्ट पार्दै सिटौलाले कुनै प्रदेश हिमाल, पहाड, तराई जोडिएको, कुनै हिमाल र पहाड जोडिएको, कुनै तराई मधेसमात्र र कुनै पहाड तराईमात्र भएकाले सङ्घीयताले सबै क्षेत्र समेटेको छ–भने । 
 
महामन्त्री सिटौलाले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्याका आधारमा मात्र नभई सबै क्षेत्रलाई र सबै जनताको भावनालाई समेटेर तोक्ने स्पष्ट पारे । संविधानमा कयौं विषय संशोधन गर्नु पर्ने आवश्यकता औंल्याउँदै आएका सिटौलाले पछिल्लो समय राष्ट्रिय एकतामा जोड दिन थालेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ