arrow

इपीएल क्रिकेट : शरदको पञ्चकन्या तेज विजयी, शक्तिको जगदम्बा ६ विकेटले हार्‍यो

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
everest-premier-league-new.jpeg
काठमाडौं । कीर्तिपुरमा जारी एभरेष्ट  प्रिमियर लिगको दोस्रो खेलमा जगदम्बा राइनोजलाई ६ विकेटले पराजित गर्दै पञ्चकन्या तेजले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। टस हारेर ब्याटिङ्गको निम्तो पाएपछि पहिले व्याटिङ्ग गरेको जगदम्बाको सुरुवाती व्याटिङ् सुस्तायो । उसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय २९ रन बनायो । 
 
पहिलो विकेटका लागि ७ ओभर खेल्दै ३३ रनको साझेदारी गरेका महेश क्षेत्रीले ३०, अमित श्रेष्ठले १० तथा सुभेन्दु पाण्डेले १४ रन बनाए । हसिम अन्सारी डक आउट भएपछि संकटमा परेको टोलीका लागि कप्तान शक्ती गौचन तथा  सोमपाल कामीले अविजित रहँदै उत्कृष्ट व्याटिङ्ग गर्दै टोलीको स्कोर मध्यम बनाउन मद्दत गरेका थिए । 
 
शक्तिले २३ बल खेल्दै २९ रन बनाउँदा  सोमपालले २० बलको सामना गर्दै ४० रनको आक्रमक पारी खेले । बलिङ्ग तर्फ  सो खेलका ुप्लेयर अफ दि म्याच पञ्चकन्याका सुशील कंडेलको  प्रदर्शन उत्कृष्ट रहयो । उनले ३ ओभर बलिङ्ग गर्दै  १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए भने, आरिफ शेखले पनि पञ्चकन्याका लागि १ विकेट लिए । 
 
१ सय ३० रनको मध्यम स्कोर चुनौती पछ्याएको पञ्चकन्या तेजले  १९ ओभरमा ४  विकेट गुमाउदै १ सय ३३ रन बनाएर  विजयी लक्ष्य भेट्टायो । उसको प्रारम्भिक व्याटिङ्ग लाइन केही धर्मराएको थियो। दोस्रो इनिङ्गको पहिलो ओभरमै २ विकेट गुमाएको उसले २ विकेट गुमाउँदा स्कोर गर्न सकेको थिएन । 
 
तेस्रो विकेटका लागि तेजका कप्तान शरद भेष्वाकर तथा पृथु बास्कोटाले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याए । उसका लागि शरदले २७, पृथुले ४८ ,दिपेन्द्र ऐरीले १७ तथा आरिफ शेखले नटआउट ३३ रन बनाउँदै पञ्चकन्यालाई जिताए । 
 
बलिङ्गमा जगदम्बाका सोमपाल कामिले ३ ओभरमा ३० रन दिदै २ विकेट लिए भने प्रेम तामाङ तथा निजमुद्दिन हल्वाईले समान १–१ विकेट हात पारे । अर्को  खेलमा कान्तिपुर गोर्खाज् र सगरमाथा लिजेण्ड्स भिडिरहेका छन् । 



नयाँ