arrow

कांग्रेसको १३ औ महाधिवेशनमा नयाँ मुहारः नेतृ कोईराला

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
sujata-kailali.jpg.jpeg
देवानन्द न्यौपाने, लम्की कैलाली। नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्र र राष्ट्रियता अहिले संकटमा परेको भन्दै सबै एक हुनु पर्नेमा जोड दिनु भएको छ । सुदुरपश्चिमको भ्रमणमा रहनु भएकी नेत्री कोईरालाले कैलालीको लम्कीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुलुक बचाउन राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको हो ।
 
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा अन्तर्रा्ष्ट्रिय विभाग प्रमुखसमेत रहेकी कोइरालाले भारतको अघोषित नाकाबन्दीका कारण देश संकटमा रहेको बेला एकजुट भएर समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो । 
 
संघियताको कारणले आपसमा नेपाली नागरीक लडिरहेको बताउदै अहिले रहेको ५ बिकास क्षेत्रलाई नै प्रदेश बनाउनु पर्ने धारणा राख्नु भयो। अहिलेको संबिधानले, थारु, मधेशी, पहाडी, आदिबासी, जनजाती, मुस्लिम, महिला सबैको हक अधिकार सुनिश्चित गराएको भन्दै यसमा कसैलाई शंका नगर्न सबैलाई आग्रह गर्नुभयो।
 
नेत्री कोईरालाले गिरिजा बाबुको बेला देशमा संकट परेको बेला जनताका घरदैलोमा गएर सुझाव संकलन गर्ने र केन्द्रमा गएर निर्णय गर्ने गरेको स्मरण गर्दै आफुले पनि जनताका सुझाव संकलनका लागि सुदुरपश्चिम भ्रमण गरिरहेको बताउनुभयो । शिर्ष नेताहरुको अपरिपक्क निर्णयकाकारण देश अहिले संकटमा परेको उहाँको भनाइ थियो ।
 
उहाले नाकाबन्दी र निरन्तरको आन्दोलनका कारण खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल जस्ता अत्यावश्क सामग्रीहरुको अभावले सर्बसाधारणको जनजिवन अत्यन्त प्रभावित भएको भन्दै, निकासका लागी कुटनितिक छलफल आवश्यक रहेको बताउनुभयो । 
 
देशमा भैरहेको राजनितिक उथलपुथलका कारण मधेशि नेताहरु आफ्नो व्यक्तिगत स्वार्थमा रहेको भन्दै नेत्री कोईरालाले देशको आन्तरीक मामिलामा समस्या समाधानका लागि भारत जानु व्यर्थ भएको टिप्पणी गर्नुभयो ।
 
एक अर्को फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा नयाँ मुहार र सकारात्मक भावना भएका व्यक्तिहरुलाई स्थान पाउने बताउनुभयो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ