arrow

नेपालकै जेठो क्याम्पसमा चुनावी सरगर्मी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असोज ९ आइतबार
waling.jpeg
स्याङ्जा। स्याङ्जाको मध्यभाग वालिङमा रहेको नेपालकै जेठो सामुदायीक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा संचालक समितिको चुनावी माहोलले तातेको छ । हरेक ३ बर्षमा नयाँ नेतृत्व चयन हुने विधान अनुसार अहिले संचालक समितिको चुनाव हुन लागेको हो । 
 
२०३७ सालमा स्थापना भएको क्याम्पसको ११ औं अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै छ । वालिङमा रहेका राजनीतिकदलका नेतृत्वकर्ताहरुले सहमतिको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि आज देखि चुनावी प्रक्रियाबाट संचालक समिति चयन हुने अवस्था आएको हो । चुनावका लागि ७ जना उमेदवारले मनोनयन दर्ता गराएको निर्वाचन समितिका संयोजक दामोदर शर्माले जानकारी दिए । एक जना अध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा एमाले चुनावी मैदानमा उत्रेका छन् । क्याम्पसको विधान अनुसार त्रिभुवन विश्वविद्यालयमा तिन जनाको नाम सहमति भए वा निर्वाचन भए पनि सिफारीस गर्नुपर्ने प्रावधान रहेको छ ।
 
तिन जनाको नाम सिफारी गर्नुपर्ने विधानत प्रावधान अनुसार अहिले काँग्रेस र एमालेले आ-आफ्नो दलबाट तिन-तिन जनाको उमेदवारी दर्ता गरेको छ । काँग्रेसले बसन्तकुमार मल्ल, अमरलाल कर्माचार्य र पिताम्वर श्रेष्ठबाट उमेदवारी दिएको छ भने एमालेले लक्ष्मीपति पौडेल, मोहन रेग्मी, उदय श्रेष्ठ र दिलिपकुमार वगालेले उमेदवारी दिएका छन् । तिन जना उमेदवारी दर्ता गर्नुपर्नेमा एमालेले चार जनाको उमेदवारी दर्ता गरेपछि एमाले भित्र नै अलमल छाएको छ । दुवै दलका उमेदवारहरु अहिले चुनावी प्रचार प्रसारमा लागेका छन् । चुनावी प्रचार प्रसारको माहोलले अहिले वालिङलाई तताएको छ । असोज १२ गते विहान ८ बजेबाट शुरु हुने मतदानका लागि मतदाताको घरघरमा पुगेर भोट माग्ने अभियानलाई तिब्र पारिएको छ ।
 
जिल्लाकै मध्यभागमा रहेको नेपालकै जेठो क्याम्पसको रुपमा कहलिएको वालिङ क्याम्पस राजनीति गर्ने थलोको रुपमा पनि परिचित छ । क्याम्पसलाई जसले आफ्नो पोल्टामा पार्न सकिन्छ उही दलले अव आउने स्थानीय तहको निर्वाचनमा पनि सजिलै जित्न सकिएने आकल अनुसार अगाडी बढिएको बताइएको छ । त्यसैले पनि दलिय हिसावले चुनावी मैदानमा उत्रदा क्याम्पस कुन दलको पोल्टामा पुग्छ त्यसैले स्थानीय निकायको निर्वाचनमा पनि केही असर गर्न सक्ने आकल गरिएको छ । 
 
क्याम्पसको संचालक समितिको अध्यक्षमा पदका लागि उमेदवारी दिएका सात जना मध्ये काँग्रेसका बसन्तकुमार मल्ल निर्वतमान अध्यक्ष हुन् भने अमरलाल कर्माचार्य पुर्व अध्यक्ष हुन् । दुवै जनाले एक-एक कार्यकाल क्याम्पसको अनुभव सगालेका व्याक्ति हुन । अर्का पिताम्वर श्रेष्ठ भने पहिलो पटक निर्वाचनमा हुमिएका व्याक्ति हुन् । यता एमालेबाट उमेदवारी दिएका लक्ष्मीपति पौडेल एक कार्यकाल संचालक समितिमा रहेर काम गरेका व्याक्ति हुन भने मोहन रेग्मी, उदय श्रेष्ठ र दिलिपकुमार वगाले पनि पटक पटक संचालक समितिमा रहेर काम गरेका व्याक्तिहरु हुन् ।
 
६ सय २४ मतदाता रहेको क्याम्पसमा कसले बाजी मार्छ भन्ने आँकल अहिले नै गर्न भने सकिदैन । क्याम्पस स्थापनामा काँग्रेसले ठुलो योगदान गरेको र मतदाता पनि सबै भन्दा बढी काँग्रेसकै भएकाले काँग्रेसले पठाएको उमेदवारहरुको विजयी हुने अनुमान गरिएको छ । त्यो नतिजा हेर्नका लागि असोज १३ गते कुनुपर्ने छ ।  यस भन्दा अगाडीको निर्वाचनमा पनि तिन जना उमेदवार काँग्रेसकै विजयी भएका थिए । अन्यदलहरु भने उमेदवारी नदिएपनि निर्वाचनमा सहभागि हुने बताइएको छ । कुन पार्टीलाई समर्थन गर्ने भन्ने बिषय भने तिदलहरुले बाहिर ल्याएका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ