arrow

पूर्वगृहमन्त्री घिमिरेसहित सातजना चढेको गाडी दुर्घटना, तीनको मृत्यु, तीन बेपत्ता, एक घाइते

logo
नारायण अधिकारी,
प्रकाशित २०७३ असोज ९ आइतबार
Madhav-Ghimire.jpeg
चितवन। पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आइतबार दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन् । 
 
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले रहेका छन् । 
 
उनका अनुसार घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नंको स्करपियो गाडी दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदैछ भने घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रजिअ सिंहले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ