arrow

चीन भ्रमणमा लुकासेन्को 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
alexndro lukashenko belarus.jpg
तस्बिर – फाइल ।

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले मङ्गलबारदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन् । 

सन्  १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मिएका लुकासेन्कोले कुलेशोभ मोगिलेभ स्टेट पेडागोजिकल इन्स्टिच्युट र बेलारूसी कृषि एकेडेमीबाट स्नातक गरेका छन् । 

उनी बेलारुस गणतन्त्रको सर्वोच्च परिषद्को उपसभापति र बेलारूसी संसद्को भ्रष्टाचार विरोधी समितिको अध्यक्ष थिए । सन् १९९४ जुलाईमा लुकासेन्को बेलारूसी इतिहासमा पहिलो राष्ट्रपति चुनिएका थिए । उनी सन् २००१, २००६, २०१०, २०१५ र २०२० मा राष्ट्रपति पदमा पुनःनिर्वाचित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ