arrow

बालुवाटार बैठक : मुख्य ३ दलबीच पुरानै इलाकालाई आधार मानेर अघि बढ्ने सैद्धान्तिक सहमति

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
three-dal-baluwatar.jpeg
काठमाडौं । स्थानीय तह पुनःसंरचनाबारे छलफल गर्न बसेको मुख्य तीन दलको बैठकमा स्थानीय तह पुनःसंरचनाबारे सैद्धान्तिक सहमति जुटेको छ ।
 
प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा डाकेको बैठकमा प्रमुख तीन दलले स्थानीय तह पुनःसंरचनाबारे छलफल गरे । छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको काम कारबाहीबारे समेत छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए । 
 
बैठकले पुराना इलाकाहरुलाई आधार मानेर त्यसको संख्या र सीमा आसपास स्थानीय तह पुनःसंरचना गर्न आयोगलाई आग्रह गर्ने सहमति गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, ‘स्थानीय तह पुनःसंरचना आयोगको काममा असर नपुग्ने गरी विगतका इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको छ । अब सरकारले दलीय सहमति अनुसार आयोगलाई थप निर्देशित गरेर स्थानीय तहको काम टुंग्याउने छ ।’
 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल लगायत तीन दलका शीर्ष नेता सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ