arrow

करोडौं मूल्यको रक्तचन्दन रसुवाबाट काठमाडौँमा

logo
प्रकाशित २०७३ असोज १० सोमबार
rakta-chandan1.jpeg
रसुवा । रसुवामा भण्डारण भएको रक्तचन्दन वन विभागमा हस्तान्तरण भएको छ । 
 
रसुवा जिल्लाका वन अधिकृत उमा पौडेलका अनुसार विसं २०६२ सालदेखि भण्डारण भएको रक्तचन्दन वन विभागको आदेशअनुसार कडा सुरक्षाका साथ काठमाडौँ पु¥याइएको हो । 
 
करोडौँ रुपैयाँ मूल्यको सो रक्तचन्दन अवैध धन्दाका व्यक्तिले लुकिछिपी चीनतर्फ निकासी गर्न खोज्दा गोल्जुङ गाविसको ७४ किलोमिटर भन्ने स्थानबाट तत्कालीन नेकपा माओवादीका युवाले बरामद गरी ५२७ थान गोलिया रक्तचन्दन जिल्ला वन कार्यालयलाई बुझाएको बताइएको छ । 
 
काठमाडौँ लानेक्रममा मूल भण्डारण गरेको कोठाको ढोकाको सिल तोडी हेर्दा ५२१ थान भेटिएको र पहिले भण्डारण गर्नेबेलामा गन्तिमा भुल भएको हुनसक्ने भएकाले नपुग छ थान गोलिया रक्तचन्दन पत्ता लगाउन जाँचबुझ भइरहेको वन कार्यालयले जनाएको छ । 
 
साइटिसको नियमअनुसार रक्तचन्दन ओसारपसार वा बिक्री वितरण गर्न नपाइने भएकाले विभागमा पठाइएको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ