arrow

प्रथम राष्ट्रिय खुला लनटेनिसः इरा र अभिलाषाको जोडी सफल

logo
प्रकाशित २०७३ असोज १० सोमबार
tennis.jpeg
काठमाडौं । इरा रावत र अभिलाषाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्समा जित हात पारेका छन् ।
 
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको राउन्ड रोविन लिगमा उक्त जोडीले विजिशा श्रेष्ठ र विभूति कार्कीको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।
 
ललितपुर जिल्ला लनटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको महिला सिंगल्समा इरा र मायांका राणा सेमिफाइनलमा पुगे । इराले अभिलाषालाई ६–१ र ६–२ तथा मायांकाले गंगा शर्मालाई ६–३ र ६–३ को सीधा सेटमा हराए ।
 
पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले जीवन घिमिरेलाई ६–१ र ६–१, रेन्जन लामाले सुब्रत बस्नेतलाई ६–२ र ६–३, सन्तोष खत्रीले अभिनव आचार्यलाई ६–२ र ६–३, नवीन मगरले महेश श्रेष्ठलाई ०–६, ६–१ र ६–४, कमल भण्डारीले राजु श्रेष्ठलाई ६–१ र ६–१, अनिल शाहीले सम्यकभूषण वज्राचार्यलाई ४–६, ६–१ र ६–१ तथा श्रीराम मगरले रोहित सुनुवारलाई ६–० र ६–४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । 
 
प्रणव खनाल पनि क्वाटरफाइनलमा पुग्न सफल भए । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा रहेको अवस्थामा प्रतिद्वन्द्वी प्रताप मोक्तान रिटायर्ड हर्ट भएपछि प्रणव विजेता घोषित भएका थिए ।
 
पुरुष डबल्समा कमल भण्डारी र श्रीराम मगरको जोडीले राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ६–३ र ६–१, आत्माराम कार्की र सन्तोष खत्रीको जोडीले नवीन पुन र प्रदीप खड्काको जोडीलाई ३–६, ६–४ र १०–४, महेश श्रेष्ठ र संरक्षकभूषण वज्राचार्यको जोडीले विवेक श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–२ र ६–३ तथा अनिल शाही र शक्ति शर्माको जोडीले प्रणव खनाल र रेन्जन लामाको जोडीलाई ६–३ र ६–२ ले पन्छाए ।
 
 जितसंगै विजेता जोडी सेमिफाइनलमा प्रवेश गरे ।



नयाँ