arrow

नेपाली काँग्रेसको अभियान; “कस्तो बन्यो संविधान:एकताको अभियान”

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
काठमाडौं। नेपाली काँग्रेसले मुलुकका विभिन्न जिल्लामा "कस्तो बन्यो संविधान, एकताको अभियान" प्रारम्भ गरेको छ। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल बाग्लुङ जानुभइ त्यहाँ आयोजित समारोहमार्फत अभियानको विधिवत सुभारम्भ गर्नु भएको हो। 
 
“कस्तो बन्यो संविधान, एकताको अभियान” मंगलवार म्याग्दीमा र बुधवार पर्बत जिल्लामा सम्पन्न हुनेछ। मंसिर २४ गते उक्त अभियान कास्कीको पोखरामा आयोजना हुनेछ। 
 
यस अभियानको मुख्य लक्ष्य नेपाली कांग्रेसको नेतृत्वको सरकारद्वारा हालै जारी भएको सम्बिधानमा रहेका मुलभूत विशेषताहरुलाई जनसमक्षसम्म पुर्याउने र संबिधानको समुचित कार्यन्वयनमार्फत् सामाजिक सद्भाव र रास्ट्रिय एकतालाई थप सम्बृद बनाउने रहेको नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले जानकारी दिनुभयो। 
 
यस अभियानपछि तराई मधेसका बिभिन्न जिल्लामा पुगेर “तराई मधेसको समस्या र यसको उपयुक्त निकास” सम्बन्धमा सोही क्षेत्रका पेशाकर्मी, बुद्धिजीवीहरुसंग खुला अन्तर्क्रिया गरिने बताइएकोछ।I 
 
सुबर्ण शम्सेरको स्मृतिमा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पुष ४ र ५ गते कैलालीको धनगढीमा सुदूरपश्चिमांचलस्तरीय प्रशिक्षण कार्यक्रम तय गरेकोछ। कार्यक्रममा सो क्षेत्रका सबै जिल्ला सभापति एवं क्षेत्रीय सभापतिहरुको सहभागिता रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ