arrow

टेस्ट क्रिकेटमा अश्विनको कीर्तिमान, कम टेस्टमा २ सय विकेट लिने दोस्रो बलर

logo
प्रकाशित २०७३ असोज १० सोमबार
ravichandra-aswin.jpeg
काठमाडौं। भारतका अफ स्पिनर रविचन्द्र अश्विन कम टेस्टमा दुई सय विकेट लिने दोस्रो बलर बनेका छन् । आइतवार कानपुरस्थित न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टको चौथो दिन अश्विनले सो कीर्तिमान कायम गरेका हुन् ।
 
अश्विनले किवी टोली न्युजिल्यान्डका कप्तान विलियम्यनलाई आउट गर्दे सो उपलब्धि हासिल गरेका हुन् । अश्विनले ३७ टेस्ट खेल्दै दुई सय विकेट लिएका छन् । यद्धपि कम टेस्टमा दुई सय विकेट लिने कीर्तिमान भने अष्ट्रेलियाको क्लारी ग्रिमेटको नाममा छ । 
 
यसअघी ग्रिमेटले ३६ टेस्ट खेल खेल्दै दुई सय विकेट लिएका थिए । 
 
अश्विनले अष्ट्रेलियाका बलर डेनिस लिली र पाकिस्तानी बलर वाकर युनिसलाई पछि पार्दे कीर्तिमान रचेका हुन् । लिली र युनिसले समान ३८ टेस्ट खेलबाट दुई सय विकेट लिएका छन् ।
 
यस्तै दक्षिण अफ्रिकाका तीब्र बलर डेल स्टेनले पनि ३९ टेस्ट खेलबाट दुई सय विकेट लिएका छन् ।



नयाँ