arrow

गैँडाको आक्रमणमा घाइते टंक बहादुरको मृत्यु

logo
प्रकाशित २०७३ असोज १० सोमबार
Rhino.jpg.jpeg
चितवन । माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । 
 
आइतबार साँझ ५ बजेतिर गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका सुनुवारको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । नजिकै चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको गैँडाले सुनुवारलाई आक्रमण गरेको हो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ