arrow

खाल्डोमा पुर्न लागेको बच्चा एक्कासि रोएपछि

logo
प्रकाशित २०७३ असोज १० सोमबार
hamrakuralogo-new.jpg.png
काठमाडौं। बंगलादेशमा गत शुक्रवार एउटा अच्चमको घटना घट्यो । राजधानी ढाकादेखि १ सय ४० किलोमिटरमा रहेको फारिदुरका एक बच्चीलाई डाक्टरले जन्मेको दुई घण्टापछि मृत्यु भएको घोषणा गरे । 
 
मृतक बच्चीलाई लिएर अभिभावक र आफन्तहरु चिहानघारी गए र त्यहाँको रेखदेख गर्ने व्यक्तिलाई अन्तिम संस्कार गरिदिन भनेर घर फर्किए । सबै विधि सकेर बच्चीको शवलाई खाल्डोमा हाल्नै लागिएको थियो, एक्कासि बच्ची रोएको आवाज आयो । 
 
यो देखेर चिहानघारीको रेखदेख गर्ने व्यक्ति नै अच्चममा परे र हत्तपत्त बच्चीको नातेदारलाई खबर गरिहाले । त्यसपछि बच्चीलाई नजिकको अस्पतालमा लगियो । अहिले बच्चालाई आइसियुमा राखिएको छ । 
 
उक्त खबर देशभरी फैलिएपछि बंगलादेशी मानिसहरुले बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ